१३ बैशाख २०८१, बिहीबार

श्रीमतीको बलात्कार आरोपमा श्रीमान पक्राउ

०३ भाद्र । मकवानपुर । श्रीमतीको बलात्कार आरोपमा श्रीमान पक्राउ परेका छन् ।
आफ्नै पत्नीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले मकवानपुरको थाहा नगरपालिका–७ घर भएर बानेश्वर बस्ने दिनेश कार्कीलाई पक्राउ गरेका छन् ।
२५ वर्षीय कार्की विरुद्ध उनकै पत्नीले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन् ।
बागबजारमा आफुलाई बलात्कार गरेको पत्नीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *