
१२ साउन, झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका(५ स्थित सडकमा बागमती प्रदेश(०३(००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका(५ का अन्दाजी १६ वर्षीय संजिप इम्सङ लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।