
२७ असार, बिनोद निगम । नवलपरासी
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं। ४ टिसियन चोक स्थितबाट १४ लाख ११ हजार १ सय ४० मुल्य बराबरको अवैध चिनी तथा कपडा प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान दक्षिण तर्फबाट उत्तर तर्फ आउदै गरेको ना ६ ख २३८८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध रुपमा ल्याउदै गरेको ४१८ बोरामा २० हजार ८ सय ९४ किलो चिनी फेला परेपछि प्रहरीले ट्रक सहित नियन्त्रणमा लिईएको हो ।
उक्त बरामद चिनीको अन्दाजी मुल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही स्थानमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ७ ख २०१५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा विना विल ल्याउदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्य बराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका बिभिन्न कपडा बरामद गरी बसलाई गन्तव्य तर्फ पठाईएको छ भने बरामद कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।