
२६ असार,बुटवल । बुटबलको एउटा होटेल युवतीको शव फेला परेको छ । बुटबलको गोलपार्क स्थितको एउटा होटेलमा बास बसेकी युवती मृत अवस्था फेला परेकी छन । बुटबल वडा नं. २ की बासिन्दा २१ वर्षीया सदीक्षा गुरुङ पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते एक पुरुष संगै बास बसेकी प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्र्याएका छन । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुबै जना प्रेमी प्रमेका रहेका प्रहरीको अनुमान रहेको छ ।