१४ बैशाख २०८१, शुक्रबार

नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउँदा बेपता

प्रदेश अनलाइन न्युज डेस्क

१८ असार, रौतहट । रौतहट प्रशिद्ध पर्यटकिय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउन जाँदा बेपता भएका छन ।
रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित रहेका प्रशिद्ध पर्यटकिय क्षेत्र नुनथरमा घुम्न आएका भारतको सीतामढी जिल्ला कोटबजार बस्ने २७ वर्षीय सुमन साह , ३० वर्षीय मयंक अग्रवाल र ३० वर्षीय गोलु कुमार नुनथर घुमघाम गरेपछि बागमती नदीमा पौडी खेल्ने क्रममा नदी बगाउँदा बेपता भएका छन । नदीमा पौडिने क्रममा बेपत्ता भएका सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए , भने मयंक र गोलु बेपता रहेका छन ।
सुमनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरबाट डीएसपी सन्तु जैसवारको नेतृत्वमा ७ जनाको टोली बेपत्ताहरुको खोजी कार्यमा जुटेको डिएसपी जैयसवारले बताएका छन । ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *