१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँबाट रौतहट आउँदै गरेको बस पल्टिदा ३१ जना घाइते

१७ असार, रौतहट। काठमाडौँबाट रौतहट आउँदै गरेको बस पल्टिदा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर बसमा सवार ३१ जना यात्री घाइते भएका छन ।
काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ ।
खाल्डाखुल्डीका कारण बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
3
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *