१६ चैत्र २०८०, शुक्रबार

मधेशमा ११ महिनामा ६ हजार भन्दा सवारी दुर्घटना, ५४९ जनाले गुमाए ज्यान

१७ असार, रौतहट /सावन यादव । मधेशमा दिनहुँ सवारी दुर्घटना भएको सुन्ने गरेका हुन्छौँ । मधेश प्रदेशका प्राय जिल्लाहरुमा नेपाली नम्बरका गाडी भन्दा बढी भारतीय नम्बरका गाडीहरु गुडेको हेर्ने गर्छौ । बिना कुनै गाडीको कागज बिना सवारी चालक अनुमति पत्र गाडी गुडिरहेको प्रशस्त हेर्ने गर्छौ , यति मात्रै होइन गाउँघरमा त झन कसैले हेलमेट लगाएको हेर्न शायदै पाउँछौ । यति लापरवाही हुदाँहुदैँ ट्राफिक चेकजाँच गरेको कुनै कतै चौक वा सडकमा पाउन सकिन्न । कारण यहि हो मधेशका सडकहरु राम्रा भए पनि दुनहुँ मधेशका नागरिक ज्यान घुमाएका छन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिका गरि ५४९ जनाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिनुभयो । यस क्रममा रु २० करोड २७ लाख राजश्व सङ्कलन भएको छ ।

यस्तै सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरुबाट १५ थान हतियार बरामद भएको प्रवक्ता कार्कीले बताउनुभयो । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाजा तीन हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेश ५१ किलो, हेरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित एक हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *