१४ बैशाख २०८१, शुक्रबार

सिरहामा ट्रयाक्टर पल्टिदा चालकको मृत्यू

१६ असार, सिरहा । सिरहामा ट्रयाक्टर पल्टिदा चालकको घटना स्थलमै मृत्यू भएको छ ।
सिरहाको नवराजपुर गाउँपालिका वडा ३ मा स १ त ४५७१ नम्बरको ट्रयाकटर पल्टिदा ३५ वर्षिय चालक बिनोद कुमार यादवको मृत्यु भएको हो ।
खेत जोत्ने क्रममा ट्रयाक्टर फसेको र निकाल्ने क्रममा ट्रयाक्टर पल्टेको एक जना स्थानीयले बताएका छन ।
ट्याक्टर धनीसमेत रहेका यादवको किचिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कुमार कटुवालले जानकारी दिए ।

उनको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि लहानको रामकुमार स्मारक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *