
१६ असार जनकपुर । विभिन्न मागहरु राख्दै आज जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गरेका छन ।
मन्त्रालयमा ताला लगाएर प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानहरु धर्नामा समेत बसेका छन् ।
शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका किसानहरुको माग रहेकोछ ।
प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले बताए का छन ।