१८ बैशाख २०८१, मंगलवार

आज सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशको कति ?

१ असार, काठमाडौं । सबै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् ।
असार(१ मा बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम आज प्रदेश सरकारले आ(आफ्नो बजेट प्रस्तुत गरेका हुन् ।
कुन प्रदेशको बजेट कति रु

प्रदेश १

प्रदेश १ सरकारले आव २०७९र८०को बजेट सार्वजनिक गरेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकारले बुधबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको हो ।

प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

मधेश प्रदेश

मधेश प्रदेशले अव २०७९र८०का लागि ४६ अर्ब ८८ करोड ९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक बजेटमध्ये कुल बजेट मध्ये चालु तर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार ९४६।४४ प्रतिशत०, पुँजीगत तर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३।२१ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २०० ९०।३५ प्रतिशत० विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

विशेष अनुदानबाट ४९ करोड रुपैयाँ, समपूरक अनुदानबाट ७८ करोड रुपैयाँ, सशर्त अनुदानबाट १० करोड ०६ लाख ९१ हजार रुपैयाँ र युनिसेफबाट प्राप्त गरिने अनुदानबाट ४ करोड ३५ लाख ४७ हजार रूपैयाँबाट गरी कुल ४५ अर्ब ४ करोड ९३ लाख २८ हजार रुपैयाँ व्यवस्थापन गरिने र सोबाट अपुग हुने १ अर्ब ८२ करोड १० लाख १८ हजार २०० रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने प्रदेश सरकारले जनाएको छ ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आव २०७९र८० का लागि ७० अर्ब ९३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले सो बजेट सार्वजनिक गरेका हुन् ।

कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख , वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख, वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरिएको छ ।

यसैगरी, कर राजश्वबाट २६ अर्ब ९७ करोड ११ लाख रुपैयाँ तथा र अन्य राजश्वबाट ६ अर्ब २२ करोड ४४ लाख रुपैयाँ र चालू आर्थिक वर्षको अनुमानित सञ्चित बचत कोष र अन्य प्राप्तिबाट १६ अर्ब ६७ करोड ५० लाख ब्यहोरिने बताइएको छ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले चालू आव २०७९र८० वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभा बैठकमा सो रकम सार्वजनिक गरेको हो ।

अनुमानित बजेटअनुसार आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१।२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७।४१ प्रतिशत प्रस्ताव गरिएको छ ।

यस्तै वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गरेको छ ।

बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट सार्वजनिक गरेका हुन् ।

जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९।५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८।११ प्रतिशत बजेट छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ।

बुधबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको जानकारी दिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *