१८ बैशाख २०८१, मंगलवार

निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा पुरा गर्दै नगरप्रमुख साह

०१ साउन , रौतहट । विगत ३ वर्ष देखि खानेपानी संस्थान गौरले प्रयास गरेपनी वडा नम्बर ९ सिर्सिया मा रहेको खानेपानी परियोजना को पानीलाई गौर नगर क्षेत्रमा ल्याउन सकिएको थिएन ।

तर गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह ज्युले निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा ” हर घर धारा ” अनुरुप को अवधारणालाई कार्यान्वयनमा ल्याउन गौर नगरपालिकाको वडा नम्बर ९ मा रहेको खानेपानी संस्थानको पानीलाई गौर नगरक्षेत्रमा संचालन रहेको खानेपानीमा गाभेर अब गौर नगर क्षेत्रमा खानेपानीको वितरणमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पहिलो पाइला अगाडि बढाएका छन ।

वडा नम्बर ९ का वडा अध्यक्ष अर्जुन सिंहको महत्त्वपूर्ण सहकार्य र सहयोगको परिणाम स्वरुप नगरप्रमुख साहले सो वडामा रहेको खानेपानी ट्यान्कीको पानी गौर भित्रीयाउन आवश्यक निर्माणको कामहरु अगाडि बढाएका छन ।
सो काम सम्पन्न भए लग्तै अब गौर नगरपालिका भित्रका खानेपानी धाराहरुमा पहिलेको तुल्ना भन्दा बढी मात्रामा पानीको बहाव आउने र पहिले भुइ तल्लामा समेत धाराप्रवाह रुपमा उपलब्ध नहुने पानी अब घरको ३ तल्ला सम्म निर्वाध रुपमा बिना कुनै मोटर प्रयोग गरि पुग्ने भएको छ ।

विगत ३ वर्ष देखि नै यो कार्यको लागी प्रयास भए पनि तत्कालीन जनप्रतिनिधिहरुको उदासिनताका कारण यो परियोजना सफल हुन नसकेको खानेपानी संस्थान गौरले जनाएको छ । नगरप्रमुख साहको यो कार्यलाइ स्थानियले सराहना गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *