१८ बैशाख २०८१, मंगलवार

गौरको शिवालय पोखरीमा मोटर बोट, पैडल बोट तथा पार्क जिमको नगरप्रमुख साहले गरे समुदघाटन । आज देखि सर्वसाधारणका लागि संचालनमा

असोज २२ गते । रौतहट । रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले पर्यटक प्रवर्द्धन बढाउने उदेश्यका साथ वडा नं. १ स्थित शिवालय पोखरीमा आज एक कार्यक्रम बीच मोटर बोट, पैडल बोट तथा पार्क जिम विधिवत उद्धघाटन गरि सन्चालनमा ल्याएका हुन । केहि दिन अघि गरिएको स्पीड मोटर बोट र पैदल बोटको परीक्षण पश्चात आज देखि सर्वसाधारणका लागि संचालनमा आएको छ । वोट संचालन पूर्व शिवालय पोखरीलाई सुरक्षित गर्न नगरप्रमुह शम्भु साहले दिनुभएको निर्देशन पश्चात सो पोखरीलाई जोखिम मुक्त बनाउने काम शुरु गरिएको थियो । तत्काल पोखरीको जोखमपूर्ण प्वाइटहरुलाई सुरक्षित गरेपछि थप सौन्दर्यकरणका लागि आकर्षण सेड निर्माण गरिदैछ । समयानुसार पोखरीलाई थप अपग्रेड गरि नमुना पर्यटकीय सथलको रुपमा परिणत गर्ने योजना रहेको नगरप्रमुख साहले बताएका छन ।
बोट सञ्चालनले गौर नगर मात्रै नभई रौतहट जिल्ला र छिमेकी राष्ट्र भारत बाट आउने पर्यटक हरू समेतको लागी धेरै नै चासो को विषय रहेको नगर प्रमुख शम्भु साह को भनाइ रहेको छ।
दशैको मुख मै बोट सञ्चालनमा आए पछि नेपाल तथा भारत बाट पर्यटक हरूको भीड गौर बजारमा बढ़न सकने अनुमान स्थानीय हरूले गरि रहेका छन्।
बजारमा भीड भाड़ बढ़े पछि गौर बजारको सुस्त रहेको व्यपारमा बृद्धि हुन सक्ने स्थानीय व्यपारि हरुको भनाइ रहेको छ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह आफ्नो कार्यभार सम्भाले देखी नै सुशासनको अनुभूति जनतामा हुन् थालेको सर्वसाधारण हरुको भनाइ रहेको छ।
स्वास्थ्य, शिक्षा, सडक, सरसफाइ लगायत शान्ति सुरक्षामा अत्याधिक सुधार भएको स्थानीय हरुमा चर्चा बढ्दै गएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *