१६ बैशाख २०८१, आईतवार

असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा सहभागी हुने गौर न.पा.का प्र.अ.हरुको निर्णय

भदौ ३१ गते आइतवार । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा असोज ३ गतेदेखि विद्यालय ठप्प पारेर आन्दोलन गर्ने शिक्षकहरूको तयारी रहेको छ। नेपाल शिक्षक महासंघको आहवानमा असोज ३ गते देखि अनिचिश्तकालिन विद्यालय बन्द गरि काठमाडौँ केन्द्रित सडक आन्दोलनको घोषणलाई रौतहटको गौर नगरपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुको बसेको बैठकले नेपाल शिक्षक महासंघको आन्दोलनलाई समर्थन गर्ने र घोषित कार्यक्रम अनुसार विद्यालय बन्द गरि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागीता जनाउने निर्णय गरेको छन । गौर नगरपालिका वडा नं. ७ स्थित श्री माध्यमिक विद्यालय सिसवाका प्रधानाध्यापक प्रभाष कुमार ठाकुरको अध्यक्षतामा बसेको उक्त बैठकबाट नेपाल शिक्षक महासंघको काठमाण्डौ केन्द्रित सडक आन्दोलनलाई असोज ३ गतेका दिन पुग्ने गरि सहयोग गर्ने , गौर नगरपालिका स्थित कार्यारत सम्पूर्ण प्रधानाध्यापकहरु अनिवार्य रुपमा उक्त आन्दोलनमा सहभागी हुनुपर्ने, आ आफनो विद्यालयका शिक्षक कर्मचारीहरुलाई सो आन्दोलनमा सहभागी गराउन सम्बन्धित प्रधानाध्यापकले सकरात्मक पहल गर्ने , शिक्षक महासंघको अर्को प्रेस विज्ञप्ती नआए सम्म अनिश्चितकालको लागि पूर्ण रुपमा विद्यालय बन्द गरि राख्ने , आजको बैठकको निर्णय र शिक्षक महासंघको प्रेस विज्ञप्ती समेत सम्बन्धित निकायलाई जानकारी गराउने , आन्दोलनमा सहभागी नहुने शिक्षक साथीहरुले कम्तीमा ५ दिनको तलब वा सो भन्दा बढी आफनो स्वेच्छाले यस गौर नगरपालिकाको संघर्ष समितिलाई सहयोग गर्नुहुन र प्रधानाध्यापकहरुले यसलाई सकरात्मक रुपमा पहल गरिदिन सो बैठकबाट निर्णय गरिएको छ । गौर नगरपालिका वडा नं. ३ स्थित श्री जुद्ध माध्यमिक विद्यालयमा बसेको बैठकमा नगर भित्रका १६ वटा विद्यालयका प्रधानाध्यापकहरु लगायत आन्दोलन परिचालन समिति रौतहटको जिल्ला अध्यक्ष जयानन्द ठाकुरको उपस्थिति रहेको थियो ।
नेपाल शिक्षक महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन, संस्थागत विद्यालयका शिक्षकको तलबलगायतका विषयमा संसदमा दर्ता भएको शिक्षा विधेयकमा असन्तुष्टि राख्दै असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र काठमाडौं केन्द्रित सडक आन्दोलनको घोषणा गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *