१६ बैशाख २०८१, आईतवार

रौतहटको कटहरियामा एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ

रौतहट, ३० भदौ ।। रौतहट जिल्लाको कटहरिया एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको कटहरिया–५ मा गए राति दुइ पक्ष बीच झडपमा युवकलाई छुरा हानेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेको छ । शुक्रवार बेलुका साढे सात बजेको समयमा समान्य गालीगलौजको बिषय लिएर भएको दुई पक्षीय झडपमा एक समूहले कटहरिया ५ का मदन यादवको २५ वर्षीय छोरा सुनिल राय यादवलाई छुरा हानेर हत्या गरेका थिए ।

कटहरिया ५ खानेपानी कार्यालय छेउमै सुनिल यादव दाजुभाइ र अर्को पक्षबीच भनाभन हुँदै झडप सुरु भएको स्थानीयहरुले बताएका छन् । झडपको क्रममा उक्त समूहले सुनिल यादवको देब्रे कोखामा धारिलो हतियार छुरी प्रहार गरेका थिए । घाइते यादवको घटना लगत्तै उनको मृत्यु भएको थियो ।

प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपहरु कटहरिया ५ का रामबाबु साह सोनारका २५ वर्षीय छोरा बद्री साह सोनार र उनको काका लक्ष्मी साहको छोरा वर्ष २३ का किसन साहलाई नियन्त्रणमा लिएको थियो । खोजतलासको क्रममा कटहरिया गाउँमा लुकेर बसेका रामबाबु साह सोनार र दुई जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानएको छ ।

सबै आरोपी इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । मृतक यादवको शव पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।

शुक्रवार साँझ दुवै परिवारका नाबालक केटाहरू बिच खेल्ने क्रममा भएको सामान्य गालीगलौजको विषयलाई लिएर भनाभन हुँदै झडप हुँदा हत्याको घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *