२४ बैशाख २०८१, सोमबार

रौतहटको सदरमुकाममा अल्पसंख्यकसंग प्रहरी नामक कार्यक्रम सम्पन्न

२२ असार २०८० । रौतहट । रौतहटको सदरमुकाम गौरमा अल्पसंख्यक प्रहरी नामक कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिका वडा नं ८ स्थित रहेको बसपार्कमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि गौर नगरपालिकाका पूर्व उप.प्रमुख किरण ठाकुर ,गौर न।पा।वडा नं। ६ र ८ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा आरडिसी नेपाल, माण्डवी, गौरको पदाधिकारीहरु,रौतहट पत्रकार महासंघको अध्यक्ष लगायत रौतहट जिल्लाको विभिन्न स्थानहरुबाट पाल्नु हुने अल्पसंख्यक व्यक्तिहरू समेत गरी अं। १५० जनाको सहभागितामा रौतहट जिल्लाको नव( प्रवर्तनिय कार्य अन्तर्गत ूअल्पसंख्यकसंग प्रहरीू नामक कार्यक्रम संचालन भएको छ । समाजभित्र रहेका धार्मिक,सास्कृतिक,राजनैतिक अवस्थाका समस्याहरू तथा साना ठुला अपराधहरू,निजहरू माथि हुने व्यक्तिगत घटना हिंसा हरुलाई न्यूनिकरण गरी समाजमा शान्ति सुव्यवस्था कायम गरी अपराध नियन्त्रण र शान्ति सुरक्षाको बिषयहरूमा आम नागरिकहरूको सुरक्षामा नागरिक र प्रहरी बिचको सम्वन्धलाई समधुर र प्रभावकारी बनाई प्रहरी सेवालाई प्रभावकारी बनाउने बिषय बस्तुहरूमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरीएको ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *