२० बैशाख २०८१, बिहीबार

रौतहटमा बैदेशिक रोजगारका लागि बिदेश पठाउने एजेन्टहरुले आतंक मचाउँदै

२१ असार । रौतहट
रौतहटमा बैदेशिक रोजगारका लागि बिदेश पठाउने एजेन्टहरुले आतंक मचाएका छन । विदेश जाने संग मोटो रकम लिएर फ्रि भिसामा पठाउदा रौतहटका कयौ युवाहरु विदेशमा अलपत्र परेका छन । रौतहटको वृन्वावन नगरपालिका वडा नं। ६ हर्साहा निवासी रंजित कुमार चौधरी सुडी भन्ने एजेन्डले रौतहटका कयौ युवालाई विदेश फ्रि भिसामा पठाइ अलपत्रमा पारेका छन । आज भन्दा २ वर्ष पहिला रौतहटकै माधवनारायण नगरपालिका वडा नं। ६ माधोपुर निवासी जय नारायण यादवसंग ३ लाख पचास हजार रुपैया लिएर फ्रि भिसामा पठाएर ठगेको कुरा बाहिर आएको छ । पिडित यादवले मेरो छोरो र मेरो सम्धी तुलसी रायको छोरालाई दुबइ पठाउनका लागि ३ लाख पचास हजार रुपैया लिएर दुबइमा राम्रो कामको लागि पठाइदिन्छु प्रलोभन दिएर दुबै जनालाई फ्रि भिसामा पठाएको बताएका छन । । म आफनो छोरोको लागि मात्र एक लाख ७५ हजार दिएको तर मेरो छोरालाई फ्रि भिसामा दुबइ पठाउदा मेरो छोराको मर्ने न बाच्ने अवस्था रहेको जय नारायण यादव बताउछन । एजेन्ट रंजित चौधरीले म लगायत रौतहटका कयौ ठगेको यादवले बताएका छन ।छोरो बिदेश अलपत्र पर्दा घरबाट लाखौ रुपैयाँ पठाउने परेको पिडित यादवको भनाइ रहेको छ । यता भने बारम्बार कयौ महिना एजेन्ट रन्जित चौधरी कहाँ मैले दिएको पैसा फिर्ता गर्न गुहार लगाउदा कान तेल हाले झै म सङ व्यवहार गरेको र उल्टै म सङ धेरै पावर तलाई र तेरो छोरा लाई बर्बाद गरिदिन्छु धाक धम्की दिदै आएको बताएको छ । ईलाका प्रहरी गरुडा मा उजुरी दिए पछि जनप्रतिनिधि , प्रशासन र भद्रभलादमीको रोहबरमा ३ लाख ५० हजार तिरेको रकम १ लाख ४२ हजार दिने सम्झौता भएको थियो । आफूलाई मन्जुरी नभए पछि एजेन्ट चौधरी ले केही जनप्रतिनिधि लाई पैसा खुवाए पछि जबर्जस्ति यो मन्जुरनामा गराएको अर्को पिडित तुलसी रायको भनाइ रहेको छ । मन्जुरी अनुसार एजेन्ट रन्जित चौधरी ले १ लाख ४२ हजारको चेक दिदा पनि उसको बैंक खातामा पैसा नै न रहेको र ३ चोटि चेक बाउन्स भएको पिडित जय नारायणयादवले जानकारी गराएका छन । चेक बाउन्स हुदा बैकले बारम्बार खातामा पैसा हाल्न अनुरोध गर्दा पनि एजेन्ट रन्जित कुमार चौधरीले अटेरी गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटमा निवेदन दिएको पिडित यादवले बताएका छन । स्मरणीय छ कि वैदेशिक रोजगार विभागले मिती २०७६र०२र२३ गते नै विज्ञप्ति निकाली बैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा २ मा गरिएको संसोधन व्यवस्था अनुसार वैदेसिक रोजगार व्यवसायीका एजेन्ट अर्थात प्रतिनिधि खारेज भएकाले एजेन्ट प्रतिनिधि० नरहने भने पनि रौतहट लगायत देश भरी नै छ्यापछ्यापी एजेन्टहरु सक्रिय रहेका छन र यस्ता एजेन्टहरु दिनहुँ कयौं युवाहरु विभिन्न प्रलोभन देखाइ मोटो रकम लिएर फ्री भिसामा विदेश पठाइ अलपत्रमा पार्ने गर्दा पनि सम्बन्धित निकाय मौन रहेको छ ।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *