२४ बैशाख २०८१, सोमबार

बर्दघाटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ३७ लाख भन्दा बढीको क्षति

पश्चिम नवलपरासीको बर्दघाटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो करिब ४:२० बजे बर्दघाट नगरपालिका ४ बर्दघाट बजारस्थित बम बहादुर – थापाको २ तले घरमा सटर भाडामा लिई बस्ने आशिष फोटो स्टुडियो भित्र खाजा बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भई आगलागी भएको हो ।

आगलागी भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक बीरेन्द्र केसीको कमाण्डमा २५ जनाको टोली उक्त स्थानमा पुगी स्थानिय, दमकल र प्रहरीको सहयोगमा करिब ५ बजेतिर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ | आगलागीबाट १ जना मानिस सामान्य घाईते भएका छन् ।

सोही घरमा भाडामा लिई संचालन गरेको पसलहरुसमेत जलेर क्षती भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो घरमा शटर भाडामा लिएर व्यवसाय गर्ने बर्दघाट नगरपालिका वार्ड नं १० बृत्ता बस्ने बर्ष ३१ को सुरज चौधरीको आशिष फोटो स्टुडियो पुर्ण रुपमा जली क्षती भएको र निज आशिष चौधरीको आगो निभाउने क्रममा अनुहारमा पोली सामान्य घाईते भएको छ।

त्यसैगरी बर्दघाट नगरपालिका वार्ड नं ४ लक्ष्मीनगर बस्ने बर्ष ३० को दुर्गा न्यौपानेको पर्बत युनिक फेन्सी पसलमा आंशिक क्षती भएको छ, भने बर्दघाट नगरपालिका वार्ड नं ४ बजार बस्ने बर्ष ४८ को शिवराज चौधरीको रबिन फार्मेसीमा आंशिक क्षती भएको छ । त्यस्तै बर्दघाट नगरपालिका वार्ड नं १६ कुकुरमारा बस्ने बर्ष ३३ की पुजा सोनीको जे. के. सैलुनमा आंशिक क्षती भएको छ ।

प्रहरीका अनुसार आगलागीबाट ३७ लाख ५ हजार बराबरको क्षति भएको छ । अन्य आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *