१४ बैशाख २०८१, शुक्रबार

सुस्ता स्थित विद्यालयमा न्यानो कपडा वितरण

नवलपरासी, २९ पुस । पश्चिम नवलपरासीको सुस्ता स्थित श्री जनता दलित आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ । चौधरी फाउण्डेसनको सहयोगमा बिद्यालयमा कक्षा १ मा अध्यनरत ९१ जना छात्र छात्रालाई ट्रयाकसुट तथा टोपी उपलब्ध गराईएको हो ।
उक्त न्यानो कपडा वितरण गर्दै प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ताको चौतर्फी विकासका लागी आगामी दिनमा समेत आफु जनप्रतिनिधी हैसीयतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा समाजसेवी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले फाउण्डेसन आवश्यकता अनुसार विभिन्न सामाजीक कार्यमा संलग्न रहदै आएकोले आगामी दिनमा समेत समाजका लागि विभिन्न गतिविधी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा बिद्यालयका प्रधानअध्यापक उदय रुचाल , नेपाल महिला संघ नवलपरासीकी सभापति कमला पराजुली ,सोही वडाका वडा सदस्य आदम हुसेन खां लगायतकाले आ आफ्नो विचार राख्नुभएको थियो । २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४०१ जना बिद्यार्थी अध्ययरत छ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *