
मंसिर ११ गते । प्रदेशअनलाइन न्युज ।
नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् ।
खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।
खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए ।
तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।