
१६ असार, रौतहट । नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले कालोसूचीका ग्राहकबाट भारी मात्रामा रकम असुली गरेको छ । केन्द्रले कालोसूचीमा रहेका ग्राहकहरुबाट ५ करोड रुपैयाँ भन्दा बढी बक्यौता रकम १५ असारसम्ममा असुल गरेको छ ।
गौर शाखाको प्रमुख इन्जिनियर विजय महतोको अनुसार कालोसूचीमा रहेका १ हजार ५ सय ८४ ग्राहकको लाइन काटेर ५ करोड २१ लाख ९७ हजार १ सय १५ रुपैयाँ बक्यौता रकम असुल गरेको गौर शाखाका । लाइन काटिएका मध्ये १ हजार ४ सय ५ जनाले पुनः लाइन जोडन लगाउँदा सो रकम असुल भएको उनले बताए ।यसै गरी १५ असारसम्ममा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा गौर शाखाले ७५ लाख ४ सय ८ रुपैयाँ समेत असुल गरेको छ ।