
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले पाँचदलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । अध्यक्ष केसीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धन नभए पाँचै दलका लागि समस्या हुने दाबी गरेको छन ।
आज नेपालमा समाजवाद स् चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको भन्नुभयो । अध्यक्ष केसीको अनुसार ‘कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन ।