
१४ असार, सिरहा । अहिलेको परिवर्तित, बैज्ञानिक र प्राविधिक युगमा पनि हाम्रो देशका केहि स्थानमा अन्धविश्वास संगै बाच्ने परम्परा कायम नै छ । यहि अन्धविश्वासको कारण सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाएको छ । मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साहलाई प्रहरीले पक्राउ गरेको छ।
दुबैजनाले छिमेक ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप छ ।
असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुबैजनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्र