१८ बैशाख २०८१, मंगलवार

माधवनारायणका मेयर बैजनाथ यादवको अथक प्रयासमा माधोपुरमा फ्युज सेवा तथा आय संकलन काउण्टरको उद्धघाटन

६ माघ । रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्र रौतहटले जिल्लाको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा फ्युज सेवा तथा आय संकलन काउण्टरको समुद्घाटन गरेको छ । माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ प्रसाद यादवको विशेष पहल तथा अथक प्रयासमा सेवाग्राहीको सहुलियतका लागि माधोपुरमा फ्युज सेवा तथा आय संकलन काउण्टरको उद्दघाटन भएको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रको कार्यालय प्रमुख इन्जिनियर विजय महतोको अध्यक्षता तथा नगरप्रमुख बैजनाथ प्रसाद यादवको प्रमुख आतिथ्यमा फ्युज सेवा तथा आय संकलन काउण्टरको समुदघाटन भएको छ । उद्दघाटन कार्यक्रममा नगरप्रमुख यादवले माधवनारायणमा यो काउण्टरको उद्दघाटन हुँदा सम्पूर्ण नगरवासीले यसबाट लाभ लिन सकिने तथा समय र यातायात खर्च समेतको बचत हुनेभएकाले अत्यन्त खुशी क्षण र ऐतिहासिक काम भएको बताएका छन । संस्थाको उद्दघाटन भएर मात्रै नहुने संस्थाको दिगोपना र विस्तारको जिम्मेवारी हाम्रो रहेको नगरप्रमुख यादवको भनाइ रहेको छ । खपत भएका विजुली विल समयमा भुक्तानी गरेर हामी आफ्नो दायित्प पुरा गर्दा पक्कै यो संस्थाको आयु लामो हुने र माधोपुरमा नै यो संस्था रहने मेयर यादवको विश्वास रहेको छ । सो कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु , कर्मचारीहरु , बुद्धिजिवी लगायत स्थानीयहरुको उपस्थििति रहेको थियो ।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *