१३ बैशाख २०८१, बिहीबार

९ वर्षीय बालकको हत्या गरेको आरोपमा रौतहटबाट २ जना पक्राउ

६ माघ, रौतहट । ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई पक्राउ गरेको छ ।
जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

‘हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाए । दोश्रो दिन राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाए,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले भने, ‘कसैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसँगै खोजतलाश गर्न पनि गए । उनीहरुले २९ गते राति लाशलाई बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धानले देखायो ।’

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।
आभार ः अनलाइनखबर

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *