
१५ कार्तिक, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रौतहटको गौर नगरपालिका वडा नं. २ स्थित श्री जुद्ध नमुना माध्यमिक विद्यालयको निर्माणधिन छात्रावासको निर्माणको ढिलाईमा जिल्ला समन्वय समिति रौतहटको लाभरवाही रहेको स्पष्ट भएको छ । भारतीय दूतावासको सहयोगमा निर्माण शुरु गरिएको छात्रावास हाल जिल्ला समन्वय समितिको मातहतमा रहेको र गौर नपालाई हस्तांतरण गर्न तिन महिना अगाडि नै पत्रचार गरि सकिएको छ। निर्माणाधीन अवस्थामा रहेको उक्त छात्रावासको जिम्मेदारी नगरपालिकाले पाए लगतै निर्माण कार्य शुरु गरिने गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले दाबी गरेको छन।
गौर नगरपालिकाले समन्वय समितिलाई पटक पटक मौखिक र लिखित तागेदा गरे पनि हालसम्म कुनै प्रक्रिया अगाडि नबढाएपछि निर्माण कार्य बिलम्ब हुन गएको नगरप्रमुख साहले प्रष्ट पारेको छन।
अलपत्र अवस्थामा रहेको छात्रावास हाल शंकास्पद गतिविधि गर्नेहरु अड्डाको रुपमा विकसित हुदै गएपछि मंगलवार नगर प्रमुख शम्भु साहले निरीक्षण गर्दै सर सफाई गरी निर्माण कार्यको प्रक्रिया अघि बढाउन पुनः निर्देशन दिनु भएको हो।