१८ चैत्र २०७९, शनिबार

बन्द सुचीमा परेका अपाङ व्यक्तिलाई प्राथमिकता नदिए आन्दोलन गर्ने कांग्रेस नेता नितेश गुप्ताको चेतावनी

80

मंसिर २२ गते, रौतहट
रौतहट स् नेपाली कांग्रेस मधेस प्रदेशका प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले राजनीति दलले राखेको समानुपातिक सावेशि बन्द सुचीमा परेका अपाङ्ग भएको व्यक्तिलाई प्राथमिकता नदिए आन्दोलन गर्न चेतावनी दिएका छन । बिहिबार रौतहटको चन्द्रनिगाहपुर स्थित होटल ए।एन प्लाजामा आयोजित अपाङ्गता महिला माथि हुने हिंसा विरुद्धको अभियानमा हाम्रो एकवद्ता भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रममा बोल्दै गुप्ताले यस्तो बताएका हुन ।
संविधान भएको व्यवस्था अनुसार कसैलाई भेदभाव गर्नु अन्याय हुनेछ । देशमा स्वतन्त्रता स्वाभिमानको पहिचान अपाङ्ग अधिकार सुनिश्चित हुनुपर्छ भने बताउनु भयो । अहिले वर्तमान परस्थितिमा सबै नागरिकको सम्मान हुनुपर्छ । कार्यक्रमको उदघाट्न समारोहमा बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो र अपाङ्ग अधिकारको लागि सधै सक्रिय भई लडने बताए । गुप्ता लामो समय देखी नेपाली काँग्रेसको राजनितिका अलावा अपाङगताको क्षेत्रमा काम गर्दै आएका छन् । समानुपातिक सावेशि बन्द सुचीमा परेका अपाङ्ग भएको व्यक्तिलाई देशका सबै ठुला दलले प्राथमिकता नदिए आफुहरु त्यसका विरुद्ध आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0