५ आश्विन २०८०, शुक्रबार

राजनीति

अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा

अबैधरुपमा भन्सार छली ल्याएको विभिन्न सामान नियन्त्रणमा

राजनीति, समाचार, समाज, स्थानीय
बिनोद निगम / नवलपरासी / १४ असार ब्यापारी हरूले आफै भन्सार कडाईको माग गर्ने ब्यापारी आफै मगाउँछन् बिना भन्सारको सामान एकैदिन साढे ३ लाख बढीको सामान सहित मिएरसकाल पक्राउ । बिहीबार बिहान ८स्१० बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं ६ स्थित पोखरापालीबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्र।स।नि। मान बहादुर खत्रीको कमाण्डमा खटि गएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको प्रहरीले जनाए । उक्त प्रहरी टोलीलाई देखेर मोटरसाइकलसहित सामान छोडी तस्करमा संलग्न ब्यक्ति फरार रहेको छन । तस्करले छोडेको मोटरसाइकलसहित सामान नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय परासीमा राखेको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए । प्रहरीले नियन्त्रणमा लिईएको सामान हुक्का फ्लेबर ११९ थान अन्दाजी मुल्य रु।३ लाख २१ हजार ३ सय,काजु लगायत किराना सामान...
नागरिकताले दिएको खुसी

नागरिकताले दिएको खुसी

राजनीति, विविध, समाचार, समाज
पश्चिम नवलपरासीमा आईतवार र सोमवार गरी दुई दिनमा ८४ जना जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताले भरपूर खुशी दिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट आईतवार १० जना र सोमबार ७४ जना गरी ८४ जना जन्मसिद्ध नागरिकका सन्तानहरुले वंशजको आधारमा नागरीकता पाएका छन्। नागरिकता पीडित संघर्ष समिति नवलपरासीका संयोजक राकेश ठाकुरले नागरिकता पाउने सँगै आफ्नो आधा उद्देश्य पूरा भएको बताएका छन्। नागरिकता पाउनु है अहिलेको ठूलो चुनौती रहेकोले अहिले नागरिकता पाए अब आफ्नो अध्ययनलाई पूरा गरी देश र नेपाली आमाको लागि कार्य गर्न तर्फ लाग्ने बताए । त्यस्तै पाल्हीनन्दन गाउँपालिका वार्ड न २ बस्ने पशुपति गुप्ता, रामपत गुप्ता र रम्भु गुप्ताले नागरीकता पाए पछि आफ्नो खुशीको कुनै सीमा न रहेको बताएका छन्। "आज अनागरिक बाट नागरिक भइयो यस भन्दा खुसीको कुरा के हुन सक्छ भनेर आफ्नो खुशी वक्त गरे।आज मेरो उमेर २५ वर्ष भयो। ना...
रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न

रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न

राजनीति, विविध, शिक्षा, समाचार, स्थानीय
७ असार । रौतहट । राैतहटको ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा आज बिहिबार सम्पन्न गरेको छ । ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप-सचीव भुदेव झाले असार १०‌ गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गराउनुहुदै आज   आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गराएका छन । स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन अन्तर्गत ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ ।...
भैरहवा बेलहिया नाका पछि महेशपुर नाका पनि १०० भन्दा बढीको समान ल्याउँदा भन्सार लाग्ने

भैरहवा बेलहिया नाका पछि महेशपुर नाका पनि १०० भन्दा बढीको समान ल्याउँदा भन्सार लाग्ने

राजनीति, समाचार, स्थानीय
  भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि । उद्योगी व्यवसायी सुरक्षा निकायका प्रमुख भन्सारका अधिकारी सहितको बैठक पछि पश्चिम नवलपरासीका सिमा नाका बाट पनि एक सय रूपैयाँ भन्दा माथिका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेका छन् । पश्चिम नवलपरासीको महेशपुर,रूपन्देहीको बेलहिया,नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको हो । घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय ठुठीबारी, सुनौली र नौतनवा, बजार पुग्ने गर्छन् ।भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो । एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसू...
मुख्यमन्त्रीलाई अपार सफलता, मधेश प्रदेश सरकारलाई निरन्तर रहने बहुमत

मुख्यमन्त्रीलाई अपार सफलता, मधेश प्रदेश सरकारलाई निरन्तर रहने बहुमत

राजनीति, समाचार
मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई अपार सफलता प्राप्त भएको छ । मुख्यमन्त्री यादवले १०७ सदस्यीय मधेश प्रदेशसभामा १०३ सांसदले विश्वासको मत दिएका छन् । मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा उपस्थित सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् । यही जेठ १ गते नेकपा एमाले सरकारबाट बाहिरिँदै सरकारबाट समर्थन फिर्ता लिएका थिए । सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेशसभामा पेश गरेका थिए । तर, नेपाली कांग्रेसले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बेला एमालेले फेरि सरकारलाई समर्थन दिएका छन् । एमालेले सरकारबाट समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवलाई विश्वसको मत लिनु परेको थियो । उनले आफ्नो कार्यकालमा दोस्रो पटक विश्वासका मत लिएका छन् । मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिका सांसद उर्मिला देव...
नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

नवलपरासीमा धारिलो हतियारले हत्या गरेको श्रीमान श्रीमतीको शव फेला

राजनीति, समाचार, समाज, स्थानीय
बिनोद निगम/नवलपरासी/२३जेठ पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीमान श्रीमतीको शव फेला परेको छ । मंगलबार बिहान करिब ७:२० बजे जिल्लाको प्रतापपुर गाउँपालिका - ८ बैरिहवाका ५० वर्षीय तिलकराज भेडियार र उनका श्रीमती ५० वर्षकी निर्मला भेडियार मृत भेटिएका हुन् । उनीहरु विगत ५ / १० बर्ष देखि घरबाट करिब ३/४ किमि पूर्व मजुवा मर्चहवा भन्ने ठाँउमा गाई भैसी पालेर बस्दै बसोबास गर्दै आईरहेका थिए । मंगलबार बिहान दुवै जनाको शव गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी सहायक निरीक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा १२...
भारतीय ठेकेदार को दादागिरी नेपाली भूमि सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

भारतीय ठेकेदार को दादागिरी नेपाली भूमि सुस्तामा नदीजन्य पदार्थको चरम दोहन

राजनीति, समाचार
बिनोद निगम / नवलपरासी / १४ जेठ । पश्चिम नवलपरासीको सुस्तामा भारतीय ठेकेदारले नदीजन्य पदार्थको चरम दोहन गर्दा गरेको छन् । सुस्ता गाउँपालिकामा पर्ने गण्डक क्षेत्रको ए ग्याब र बि ग्याबमा रहेका स्पर ठोकर र बाँधको अहिले मर्मत भइरहेको छ । संरचनाहरू जीर्ण भएपछि नदी छेउमा निर्माण गरिएका बाँधलाई चौँडा गर्ने काम र स्परहरुको मर्मत र नयाँ निर्माणसमेत गरिदैं छ । यही कामलाई देखाएर भारतीय ठेकेदारले सुस्तामा चरम दोहन गरेका हुन् । सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले नदीमा दिनहुँ भइरहेको दोहन रोक्न नसकिएको गुनासो गर्नु भयाे । नियमन गर्ने निकाय समेतले तदारुकता नदेखाउँदा मापदण्ड विपरीत चरम दोहन भइरहेको उहाँले बताउनु भयो । प्रहरी प्रशासनबाट समेत सहयोग नपाएका कारण भारतीय ठेकेदारको दोहन रोक्न नसकिएको उहाँको भनाई छ। रोयल्टी लिएर ३० हजार घन फिट गिट्टी, बालुवा र ग्राभेल निकाल्न दिए पनि पछिल्ल...
रौतहटको राजपुरबाट चार सय भन्दा बढी बोरा युरिया मल बरामद

रौतहटको राजपुरबाट चार सय भन्दा बढी बोरा युरिया मल बरामद

राजनीति, समाचार, स्थानीय
४ जेठ, रौतहट । प्रदेश अनलाइन न्युजडेस्क । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा ४ सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक प्रहरीले जानकारी दिएका छन । बिहीबार करिब तीन बजेको समयमा राजपुर नगरपालिका ६ स्थित पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको प्रहरीले जानकारी दिएका छन ।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक कर्वहीको लागि रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै प्रहरीले बताए ।...
माधवनारायण नपा ८ का  वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै

माधवनारायण नपा ८ का वडा अध्यक्षले १६ धुर जग्गा निःशुल्क दान गर्दा वडा कार्यालयको भवन निमार्ण हुदै

राजनीति, समाचार, स्थानीय
जेठ ३ । रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा न। ८ पिप्रा रजवाडा मा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास भएको छ । आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ९बैजु० प्रसाद यादव र वडा न। ८ का वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले संयुक्ति रुपमा वडा कार्यालयको भवन निर्माणका लागि शिलान्यास गरेका छ्न । वडा अध्यक्ष योगेन्द्र प्रसाद महतोले वडा कार्यालयको भवन निर्माणका लागि आफ्नो निजि १६ धुर जग्गा निशुल्क दान गरेका छ्न । वडा अध्यक्ष महतोले जग्गा दान गरि वडामा मात्रै नभइ जिल्लामा नै ऐतिहासिक कार्य गरेका छन । आफ्नो निजी सम्पत्ति दान गरि वडा वासीका लागि गरेका आहुतीले जनमानसमा चर्चाको विषय बनेको छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख बैजनाथ प्रसाद यादव, वडा अध्यक्ष योगेन्द्र प्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव प्रसाद , प्रशासन शाखा प्रमुख पृथ्वी यादव, प्राबिधिक विरेन्द्र प्रसाद लगायत स्...
माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

राजनीति, समाचार, स्थानीय, स्वस्थ्य
३ जेठ । रौतहट । प्रदेश अनलाइन न्युुज डेस्क रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले शिलान्यास गरेका छन । माधोपुर स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दै सो भवन निर्माणको लागि शिलान्यास भएको नगरप्रमुख यादवले जानकारी गराएका छन । नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको दुई कोठे भवनको कुल लागत २४ लाख रहेको माधवनारायण नगरपालिकाका प्रशासन शाखा प्रमुख पृथ्वी यादवले जानकारी गराएका छन । सो शिलान्यास कार्यक्रममा नगरप्रमुख बैजनाथ प्रसाद यादव , वडा नं. ६ का वडा अध्यक्ष राम नरेश राय यादव, नगरपालिकाका कर्मचारीहरु, भद्रभलादमी, सञ्चारकर्मी लगायत नगरवासीको उपस्थित रहेको थियो । स्वास्थ्य चौकीमा भवन निर्माण हुने भएकोले स्थानीयवासी खुशी व्यक्त गरेका छन ।...