५ आश्विन २०८०, शुक्रबार

समाचार

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद पुनर्गठन, समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर

राजनीति, समाचार
१२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ । नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्रीहरु फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीहरुलाई पठाउने निर्णय गरेको थियो । त्यसै दिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि मन्त्रिपरिषद २२ दिनपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो । संसदम...
नागरिक उड्यन तथा पर्यटनमन्त्री  आलेद्वारा पदबाट राजीनामा

नागरिक उड्यन तथा पर्यटनमन्त्री आलेद्वारा पदबाट राजीनामा

राजनीति, समाचार
१२ असार, काठमाण्डौँ । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएको हो । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरे अनुसार राजीनामा दिनुभएको बताइएको छ। ‘राजीनामा पत्र अध्यक्ष नेपाललाई बुझाइसकिएको र उहाँले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने मन्त्री आले निकट स्रोतले जानकारी दिएको छ ।...
पहिरोका कारण काठमाडौं मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण काठमाडौं मुग्लिन सडक अवरुद्ध

समाचार, समाज
१२ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका(४ नाग्दी खोला नजिक पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं(मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए । पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।...
नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

राजनीति, समाचार, स्थानीय
१२ असार, विरगंज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो । आव २०७७र८७ को साउनदेखि जेठसम्मको ११ महिनामा ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३२ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बढी अर्थात् ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । गत आवको ११ महिनामा एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएकामा हाल ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ राजस्व ...
सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने नेकपा एसका प्रवक्ता खतिवडाको भनाइ

सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने नेकपा एसका प्रवक्ता खतिवडाको भनाइ

राजनीति, समाचार
११ असार, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको सम्झिने बताएका छन्। शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न भनेका छन्। उनले अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने पनि बताए। ‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने, ‘तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम...
पेट्रोलमा २०  र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउन नेपाल आयल निगमको निर्णय

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घटाउन नेपाल आयल निगमको निर्णय

विविध, समाचार
११ असार, काठमाडौ । आज बिहान बसेको सत्ता गठबन्धनको निर्णय अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरे संगै पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल(मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।...
गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

गौरको १० औं नगर सभा सम्पन्न, अहिले सम्मकै उत्कृष्ट नगरसभा भएको भन्दै नगरवासीद्वारा खुशी व्यक्त

राजनीति, विविध, समाचार, समाज, स्थानीय
११ असार, गौर । “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरको श्रेष्ठ पहिचान” मुल नाराका साथ रौतहटको सबैभन्दा पुरानो नगरपालिकाको १० औँ नगरसभा सम्पन्न भएको छ । मधेशका प्रदेश सांसद माननीय बाबुलाल साहको प्रमुख अतिथिमा सम्पन्न नगर सभाको अध्यक्षता नगर प्रमुख शम्भु साहले गर्नुभएको छ । देशको परिवर्तनमा महत्वपूर्ण योगदान गर्दै आएको गौर नगरवासीको दृढ ईच्छाशक्ति एवं हाम्रै पालामा गौर नगरपालिकालाई स्मार्ट बनाउन सकिन्छ भने आत्मविश्वासको साथ नगरप्रमुख साह गौर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । आ.व.२०७८÷०७९ को विनियोजित रकम मध्ये आम्दानी तर्फ संघीय सरकारबाट प्राप्त वितिय सम्मानिकरण अनुदान रकम १२ करोड ८३ लाख , प्रदेश सरकारबाट प्राप्त सम्मानिकरण अनुदान रकम ८७ लाख ६८ हजार, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रकम ५ करोड ९३ लाख ५४ हजार, प्रदेश सरकारबाट प्राप्...
४५ करोडको अनुमानित वजेट सहित माधवनारायण नपाको सातौ नगरसभा सम्पन्न

४५ करोडको अनुमानित वजेट सहित माधवनारायण नपाको सातौ नगरसभा सम्पन्न

शिक्षा, समाचार, समाज, स्थानीय
शिक्षा, स्वास्थ्य, कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ रौतहटको माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । माधव नारायण न.पा.का नगर प्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै ४५ करोडको बजेट सहित सातौ नगरसभा सम्पन्न गर्नु भएको हो । नगर सभाका सभाअध्यक्ष तथा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादवले माधव नारायण नगरपालिकाको आर्थिक वर्ष २०७९र०८० को लागि ४५ करोडको अनुमानित वजेट प्रस्तुत गरेको छ । संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण नगर प्रमुख यादवले प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम नीति तथा योजनाहरुको योजना पारित गरिएको छ् ।नगर सभामा नगरउपप्रमुख निर्माला रमन, निमित प्रमुख प्रशासकीय अधिकृत जियालाल यादव सहित सवै वार्डका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वार्ड सदस्य, नगरिक सम...
रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै

राजनीति, शिक्षा, समाचार, स्थानीय
१० असार, रौतहट। रौतहटमा धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् ।रौतहट जिल्लामा सबै भन्दा पहिलो नीति तथा कार्यक्रम र बजेट राजदेवी नगरपालिकाले सार्वजनिक गरेका थिए । केही पालिकाहरुले यसअघि नै सार्वजनिक गरिसकेका छन् भने धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन् । रौतहटमा १८ वटा पालिकाहरु मध्ये राजदेवी नगरपालिका, गढीमाइ नगरपालिका र इशनाथ नगरपालिका नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । ।केन्द्र सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याएका थिए । यसैको आधारमा स्थानीय तहहरुले बजेट ल्याउने गर्दछन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ ।...
४ वर्षीय बालिकालाई  बलात्कार गरेको आरोपमा  एक युवक पक्राउ

४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

समाचार, समाज, स्थानीय
१० असार, वीरगंज । मधेश प्रदेशमा बलात्कारको घटनामा वृद्धि भएको छ । बारा जिल्लामा ४ वर्षिया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी जंगलका १९ वर्षीय अजय पाख्रिन रहेका छन् । आफ्नै छिमेकी बस्ने एक ४ वर्षीय बालिकालाई घरमा कोहि नभएको बेला जबरजस्ती बलात्कार गरेर फरार फरार भएको थिए । पिडित बालिकाले आफ्ना अभिभावकलाई घटनाको बारेमा जानकारी गराएपछि उनीहरुले पाख्रिनविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका थिए । जाहेरीको आधारमा बारा प्रहरीले सोही दिन पाख्रिनलाई पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक डिएसपी राजेश थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार पाख्रिनलाई घटना भएकै दिन साँझ ६ बजेको करिबमा पक्राउ गरिएको थियो । उनलाई अर्को दिन असार ९ गते ज...