५ आश्विन २०८०, शुक्रबार

समाचार

बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण यस्तो

बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण यस्तो

राजनीति, समाचार
नवलपरासी /५ श्रावण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाईनै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले उनको नियुक्तिको विषय देखी तलव भुक्तानी, उनले पेश गरेका खर्चका विल भरपाई समेतको बिबरण माग गरेको थियो । अप्राविधिक ब्यक्तिलाई नक्कली प्राविधिक पद सिर्जना गरेर नियुक्त गरीएको भनी उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारले पटक पटक पौडेलको नियुक्तिको विषयमा जवाफ माग गरेपछि नगरपालिकाले अख्तियारलाई मिति २०७९ फागुन २९ गते पत्राचार गरी चलानी नम्बर २७३५ रहेको पत्र मार्फत नगर प्रमुखको सचिवालय संयोजक श्री शरद पौडेललाई मिति २०७९ फागुन १२ गते देखी लागु हुने गरी हटाईएको भनी जवाफ पठाएको छ ।...
रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र  उदेश्यले बरहवा ताल किनारमा  नेपाली सेना द्वारा वृक्षारोपण ।

रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र उदेश्यले बरहवा ताल किनारमा नेपाली सेना द्वारा वृक्षारोपण ।

शिक्षा, समाचार, स्वस्थ्य
५साउन, रौतहट। नेपाली सेना विरदल गण रौतहटले पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन । सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन । विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो । वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए । सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।...
परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

विविध, समाचार
बिनोद निगम / नवलपरासी / ४ श्रावण पश्चिम नवलपरासीमा बुधबार सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही तिलत्तोमा नगरपालिका- ४ बिष्णुपुरा बस्ने बर्ष अन्दाजी २५ को अनिल दर्जी र सोही स्थानमा बस्ने बर्ष २२ को समित मास्के मगर रहेका छन । उनीहरुलाई बुधबार साझ ६ बजे रामग्राम नगरपालिका- ५ स्थित बाइपासबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ७ जनाको संयुक्त टोलीले महेशपुरबाट परासीतर्फ आउदै गरेको अवस्थामा पक्राउ गरिएको हो । समित मास्केले चलाएको लु १६ प १६०८ नम्बरको स्कुटरलाई रोकी किटको प्रयोग गरी दुबै जनालाई चेकजाच गर्दा लागूऔषध सेवन गरेको ( possetive ) देखिएकोले निजहरुको रितपुर्बक तलासि लिदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्ती तलासी गर्दा सानो-सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम लागुऔषध ब्राउन...
रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

विविध, समाचार
बिनोद निगम /नवलपरासी / ४ श्रावण पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जीतपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका- ६, पडरी बस्ने बर्ष २० को दिनानाथ तिवारी र सोही मोटरसाइकल पछाडी सवार, सोही स्थान बस्ने बर्ष २० को करण यादव रहेका छन । उनीहरुलाई बिहिवार साझ ५ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि. धर्म बहादुर कुँवरको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको युपि ५६ भि ५७८८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी मोटरसाइकल, लागुऔषधसहित आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ चेकजाँचको क्रममा उक्त मोटरसाइकलको पछाडी सवार करण यादवले बोकेको कालो प्लाष्टिकको झोलामा फेनारागन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र नुफिन ४० एम्पुल फेला परेको हो । पक्राउ पर्ने दुबै जन...
कृषिप्रधान देशमा किसान रुदै ……

कृषिप्रधान देशमा किसान रुदै ……

समाचार, सम्पादकीय
नेपाल एउटा कृषिप्रधान देश हो , नेपालको प्रमुख रोजगारीको छेत्र मध्ये कृषि पनि एक हो . नेपालको विभिन्न तथ्यांकले पनि नेपाल कृषिप्रधान देश भएको कुरालाई प्रमानित गर्छ१ चाहे नेपालको DGP मा कृषिको योगदान होस या कृषिजन्य बस्तु निर्यातबाट नेपालले वैदेशिक घाटा न्यूनीकरणमा पुर्याएको योगदानबाट नै पुष्टि हुन्छ १ तर यहाँ प्रमुख कुरा कृषिप्रधान देशमा किसान किन मार्म पर्दै आएको छ रु केहिले त किसान समयमा मल तथा खाद्य पाइदैन रु त कहिले उखु किसान उचित मुल्य नै रु मुलुक अहिले बामलोकतान्त्रिक गठबन्धनको सरकार छ रु अहिलेको सरकारमा राजाबादी, समाजबादी,गणतन्त्रबादी तथा संघीयताबादी समेतको सरकार छ तथापि किसानको माग किन सम्बोधन हुँदैन त रु किसान मागबाट कहाँ हरायो (स् जनमत पार्टी गत बर्ष तराई मधेसमा किसानको मुद्दालाई जनमत पार्टीले जोर सोर ले मुद्दा उठान गरेको थियो रु तर अहिले जनमत पार्टी नै सरकारमा हुँदा किसानक...
माधवनारायणका मेयर बैजनाथ यादव द्वारा स्वास्थ्य चौकीको समुद्घाटन

माधवनारायणका मेयर बैजनाथ यादव द्वारा स्वास्थ्य चौकीको समुद्घाटन

राजनीति, समाचार, स्वस्थ्य
०१ साउन । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । रौतहटको माधवनारायण नगरपालिका वडा नं. ८ मा आज एक कार्यक्रम बिच नगरप्रमुख बैजनाथ प्रसाद यादवले स्वास्थ्य चौकीको समुद्घाटन गरेको छन । माधवनारायण नगरपालिका वडा नं। ८स्थित खडकी रजवाडा मा नयाँ भवन निर्माण पश्चात आज उक्त स्वास्थ्य चौकीको उदघाटन भएको छ । उद्घाटन कार्यक्रममा नगरप्रमुख बैजनाथ प्र। यादव, प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव, उप( नगर प्रमुख निर्मला देबि रमण ,वडा नं। ८ का वडा अध्यक्ष योगेन्द्र महतो , ,योजना प्रमुख कृष्ननन्दन प्र। यादव , प्रशासन शाखा प्रमुख पृथ्वीनारायण यादव लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । वडा नं. ८ मा स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दे नगरप्रमुख यादवले स्वास्थ्य चौकीको निमार्ण गर्न लगाएका हुन । ।वडावासीलाई भोग्नुपरेका दुख कष्ट लाई मध्य नजर गर्दै नया भवन निर्माण गराइ स्वास्थ चौकी को उद्घाटन मेयर यादवले गरेका ...
गौर ४ का बालबालिकाहरु बाल विवाह विरुद्ध  आफ्नै समाजमा जनचेतना फैलाउदै

गौर ४ का बालबालिकाहरु बाल विवाह विरुद्ध आफ्नै समाजमा जनचेतना फैलाउदै

राजनीति, शिक्षा, समाचार, समाज
२५ असार रौतहट । प्रदेश अनलाइन न्युज डेस्क । अहिलेको प्राविधिक युगमा हरेक कुरामा परिवर्तन भैसकेको छ । तपाइ हामीले सोच्न नसक्ने काम पनि अहिलेको प्रविधिले सम्भव गरिसकेको छ । तर विडम्बना अहिले पनि हाम्रा समाजिक कुरिति र त्यस्ता मांनसिकतामा बाचिरहेका व्यक्तित्वको सोचलाई यो प्रविधिले पनि खासै असर पार्न सकेको छैन । हाम्रो समाजिक कुरितिहरु मध्ये एक हो बाल .विवाह । बाल विवाह गर्ने अनेकौ कारण वा वहाना हुन सक्छ । तर आफ्नै छोराछोरीलाई बालविवाह गरि तिनीहरुको भविष्यलाई नै बर्बाद गरिदनिु कतिको उचित हो यो विषयमा चाहि सबैको ध्यान जान जरुरी रहेको छ । आज रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नं ४ टिकुलियाका बालबालिकाहरु बालविवाह विरुद्ध जनचेतना आफ्नै समाज गरेको छन । त्यही वडाका सामाजिक अभियन्ता अरुण पटेलको सक्रियतामा समाजलाई बाल विवाह बारे परीवर्तनका सोचले गौर नगरपालिका वडा नं. ४ का भाइबहिनीहरू लगायत साना बाल...
जग्गाको विषयलाई लिएर देवरले गरे भाउजुको हत्या

जग्गाको विषयलाई लिएर देवरले गरे भाउजुको हत्या

समाचार, स्थानीय
  बिनोद निगम / नवलपरासी / २५ असार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड १० मंझरिया स्थित तेजनारायण चौधरीको श्रीमती बर्ष अन्दाजी २५-२६ की मिरा चौधरीलाई जग्गाको विषयलाई लिएर वादविवाद झै-झगडा हुदा आफ्नै देवार बर्ष २७ को चन्दन चौधरीले मोटरसाइकलको सकरले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पुयाएको थियो । त्यहाँ सामान्य उपचार गरी थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा पु-याउदा आइतबार साझ ९:०५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले बताए । मृतक चौधरीको टाउकोमा गहिरो चिट लागेको थियो । मृतकको शव पृथ्वीचन्द्र अस्पताल परासीको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम हुन बाँकी छ । हत्या आरोपित देवरलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मृतकको एउटा २ बर्षको छोरा रहेको र श्रीमान...
नवलपरासी प्रहरीको एकशन: लागू औषध कारोबारी निशानामा

नवलपरासी प्रहरीको एकशन: लागू औषध कारोबारी निशानामा

विविध, समाचार, स्वस्थ्य
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ०१ सौवाटिकर बस्ने वर्ष ४४ को मनोज कुमार चमारले खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा लागू ओैषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा प्रदेश कार्यालय लागुऔषध नियन्त्रण एकाई, लागुऔषध ब्युरो शाखा कार्यालय भैरहवाबाट प्र.ब.ना.नि. गोबिन्द त्रिपाठीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि. धर्म बहादुर कुवंरको कमाण्डमा ५ जनाको संयुक्त टोलीले असार २२ गते साझ ६ बजे चमारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए । चमारले आफ्नै घरमा खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम १८६ पिस, फेनरागन १८८ पिस, नुफिन १८६ पिस, र कोरेक्स एस-कुफ़ १०, एमएल को १० पिस परिणामको लागुऔषध प्रहरीले फेला पारी रित पुर्वक उक्त लागुऔषध बरामद गरि चमारलाई पक्राउ गरिएका हुन । उनलाई ...
नवलपरासीको लाइफ माध्यामिक विद्यालय राष्ट्रकै उत्कृष्ट नतिजामा निरन्तर ।

नवलपरासीको लाइफ माध्यामिक विद्यालय राष्ट्रकै उत्कृष्ट नतिजामा निरन्तर ।

शिक्षा, समाचार
नवलपरासी / २२ असार पश्चिम नवलपरासीमा रहेको न्यु लाइफ माध्यामिक बिधालयले राष्ट्र कै उत्कृष्ट नतिजा दिएको छ । न्यू लाइफका छात्र सोयम पाण्डेले एसईईको नतिजामा ४ जीपीए ल्याउन सफल भएका छन् । ६३ जना विद्यार्थीले एसईई दिएकामा ७ जनाले ३.६५ जिपिए भन्दा माथी अर्थात ए प्लसल्याएका छन । १३ जनाले ए,२३ जनाले बी प्लस,२० जनाले बी ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका विद्यालयका प्रीन्सिपल सन्तोष अधिकारीले जानकारी दिनु भयो । अधिकारी भन्नुहुन्छ -"हाम्रो विद्यालयको बिगत देखीकै उत्कृष्ट नतिजा हो जुन यश बर्ष पनि कायम छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई आइतबार सम्मान गर्नेछौं ।" पाण्डेले प्राप्त गरेको अंक लुम्बिनी प्रदेश कै सर्बोउत्कृष्ट अंक रहेको विद्यालयले दावि गरेको छ । लुम्बिनी प्रदेशमा ४ वटा विद्यालयले फोर जिपिए ल्याए विद्यालय स्रोतको दाबी छ । पाण्डे पढाइ लेखाइमा मात्र नभै विद्याल...