१५ चैत्र २०८०, बिहीबार

स्थानीय

बाढी र डुबानमा कारण सुनसरीमा बिधालय बन्द

बाढी र डुबानमा कारण सुनसरीमा बिधालय बन्द

शिक्षा, समाचार, स्थानीय
१५ असार, सुनसरी । लगातारको वर्षासँगै आएको बाढी तथा डुबानका कारणले सुनसरीको इनरुवा तथा देवानगञ्ज गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएको छ । दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारणले सुनसरी सदरमुकाम इनरुवाका विभिन्न वडा क्षेत्र डुबानमा परेको र बालबालिकालाई विद्यालय जानका लागि समस्या हुने भएकाले विद्यालय बन्द गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए । डुबानका बेलामा विद्यालय जाने क्रममा बालबालिकामाथि हुन सक्ने सम्भावित जोखिम हुन नदिनका लागि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इनरुवा क्षेत्रका निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको उनको भनाइ छ। त्यसैगरी देवानगञ्ज गाउँपालिकाले समेत गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुरागाइँले जानकारी दिए ।...
यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीद्वारा वीरगञ्जबाट  १८ जना  पक्राउ

यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीद्वारा वीरगञ्जबाट १८ जना पक्राउ

समाचार, समाज, स्थानीय, स्वस्थ्य
१५ असार, विरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीले वीरगञ्जबाट १८ जना महिला पुरुषलाई पक्राउ गरेको छ । वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ । त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रह्लाद कार्कीले जानकारी दिए ।डिएसपी कार्कीका अनुुसार यौन गतिविधिका कारण आजित भएको स्थानीयको गुनासो आएपछि गस्ति गरिएको हो । वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको गस्ति टोलीले आशंकको आधारमा पक्राउ गरेकाहरुलाई सम्झाई बुझाई गरेर छाडिने डिएसपी कार्कीले बताए ।...
सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना

राजनीति, समाचार, समाज, स्थानीय
१५ असार, रौतहट ,अहिले सदरमुकाम गौरको विभिन्न स्थानमा चोकहरुको नामाकरणमा विवाद सिर्जना भएको कुराहरु समाजिक संजालमा टिकाटिप्पणी भइ रहेको प्रती गौर नगरपालिका का नगर प्रमुख शम्भु साह को गम्भीर ध्यानाकर्षण भएको छ । परापुर्व काल देखि नामाकरण रहेको चोकहरुको विषयमा हाल शहरी विकासबाट भएको भूलका कारण अन्यथा भएकोले सो लाई यथाशीघ्र समाधान गर्न गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले सम्बन्धि निकाय संग सोधपुछ गरेका छन । गौर २ स्थित जु। मा। वि हुदै महादेवपट्टी जाने चौकलाई अंसारी चौक नामांकन गरिएको भने पोस्ट प्रति गम्भीर हुँदै वहाले सो बारे बुझ्दा चौकको नाम परिवर्तन बारे गौर नगरपालिका वा वडा कार्यालयलाई आधिकारिक कुनै जानकारी न आएको र कार्यालयले यस बारे कुनै निर्णय नलिएको प्रष्ट पार्नु भएको छ । उक्त वोर्ड शहरी विकास कार्यालयले राखेको र यस बारे सम्बंधित कार्यालय प्रमुखसंग बुझ्दा डीपीआर बनाउने बेला स्थानीय ...
रौतहटमा बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु

रौतहटमा बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु

समाचार, समाज, स्थानीय
१५ असार, रौतहट । मंगलबार रातिदेखि देशभरका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ ।हाल देशभर सामान्यदेखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रौतहटमा पनि हिजो देखि लगातार वर्षा भइरहेकोले बाढीको सम्भावित जोखिम बिच विपद व्यवस्थापन समितिको कृत्रिम अभ्यास शुरु भएको छ ्र गौरको बडहरवा तालमा नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, प्रहरी उपरीक्षक विनोद घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की, राष्ट्रिय अनुसन्धानका उपरीक्षक मुकुन्द खडका, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगायतको उपस्थितिमा सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु द्वारा अभ्यास शुरु गरिएको छ ।...
विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला, खोला किनारमा २५ परिवार विस्थापित

विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला, खोला किनारमा २५ परिवार विस्थापित

समाचार, स्थानीय, स्वस्थ्य
१४ असार, विराटनगर । अबिरल वर्षासँगै विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् । सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।...
सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो

सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाइयो

शिक्षा, समाचार, समाज, स्थानीय
१४ असार, सिरहा । अहिलेको परिवर्तित, बैज्ञानिक र प्राविधिक युगमा पनि हाम्रो देशका केहि स्थानमा अन्धविश्वास संगै बाच्ने परम्परा कायम नै छ । यहि अन्धविश्वासको कारण सिरहामा बोक्सी आरोपमा एक महिलालाई मलमूत्र खुवाएको छ । मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका–४ ठाडी टोलकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला देवी साहलाई प्रहरीले पक्राउ गरेको छ। दुबैजनाले छिमेक ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको आरोप छ । असार ११ गते दिउँसो साढे १२ बजेतिर कामैतलाई दुबैजनाले मलमूत्र खुवाएको सिरहाका प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । दुबैजनालाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्र...
जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेसका प्यानल उम्मेदवार विजयी

जिल्ला समन्वय समिति सप्तरीमा कांग्रेसका प्यानल उम्मेदवार विजयी

राजनीति, समाचार, स्थानीय
१२ असार, सप्तरी । आइतबार सप्तरीमा सम्पन्न जिल्ला समन्वय समिति निर्वाचनमा प्रमुख, उपप्रमुखसहित नौ जना सदस्यमा नेपाली कांग्रेसका प्यानल उम्मेदवार विजयी भएका हुन् । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिव नारायण साहले २३ मत र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादीका शम्भु कुमार यादवले २० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचत अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए । निर्वाचित हुने सदस्यहरुमा राजेश्वर यादव, बुद्वि लाल यादव, सत्य नारायण मण्डल, महिला सदस्यहरु सविताकुमारी साह, प्राणवति देवी सरदार र रंजिता कुमारीचौधरी र दलित वा अल्पसङ्ख्यकबाट वौहरी भगत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना  विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

राजनीति, समाचार, समाज, स्थानीय
१२ असार, रौतहट । रौतहटको फतुवा विजयपुर र गुजरा नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आय बाडँने सम्झौतामा अनियमतता गरेको भन्दै अख्तियारले डेड दर्जनजना विरुद्ध मुद्दा दर्ता गरेको छ । आयोगले फतुवा विजयपुरका तत्कालिन एवं वर्तमान मेयर गोपाल राय यादव, तत्कालिम उपमेयर कान्ती देवी सहित विभिन्न वडाध्यक्ष विरुद्ध १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो माग दावी गर्दै आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले९ जानकारी दिएका हुन् । नदी ठेक्काबाट आउने रकममा फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो । तर फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र०...
जिल्ला समन्वय समिति रौतहटमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित

जिल्ला समन्वय समिति रौतहटमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित

राजनीति, शिक्षा, समाचार, स्थानीय
१२ असार, रौतहट । आइतबार गौरमा भएको निर्वाचनमा ३१ मत खस्दा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाीचत भएका हुन् । १८ स्थानीय तह रहेको रौतहटमा सभापति पदका उम्मेदवार​ रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा समाजवादीका महेश बैठा २५ मत प्राप्त गरेर निर्वाीचत भएका हुन् । सदस्यमा काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल २५÷२५ मत ल्याएर निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल निर्वाचित भएका छन् ।...
नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

नेपाली वस्तुको निर्यातमा वीरगंज नाकाबाट ७३ प्रतिशतले वृद्धि

राजनीति, समाचार, स्थानीय
१२ असार, विरगंज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो । आव २०७७र८७ को साउनदेखि जेठसम्मको ११ महिनामा ४४ अर्ब २४ करोड २३ लाख रुपैयाँभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ३२ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बढी अर्थात् ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ ।गत आवको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । गत आवको ११ महिनामा एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएकामा हाल ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख रुपैयाँ राजस्व ...