
रौतहटको ईशनाथ नगरपालिकाको ७ औं नगर सभा सम्पन्न
७ असार । रौतहट । राैतहटको ईशनाथ नगरपालिकाले आफ्नो ७ औं नगरसभा आज बिहिबार सम्पन्न गरेको छ ।
ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप-सचीव भुदेव झाले असार १० गते सम्म नगर अधिवेशन सक्नु पर्ने कानुनी प्रावधानकाे पाल्ना गराउनुहुदै आज आर्थिक वर्ष २०८०/०८१ काे बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सम्पन्न गराएका छन ।
स्थानीय सरकार, विकास र समृद्धिकाे मुल आधारका साथ आयाेजना गरिएको नगर अधिवेशनमा नगरप्रमुख काैशल्या देवीले आर्थिक वर्ष ०८०/०८१ काे लागि निति तथा कार्यक्रम कार्यान्वयन अन्तर्गत ५० कराेड ६९ लाख रुपैयाँकाे बजेट प्रस्तुत गरेका छन् ।
प्रस्तुत बजेटमा नगरपालिकाकाे चालु तर्फ ३० कराेड ८८ लाख ४७ हजार तथा पुँजीगत तर्फ १९ कराेड १२ लाख २२ हजार रुपैयाँ खर्च विनियोजन गरिएको छ। त्यस्तै वडाकाप पुँजीगत तर्फ ५० लाख तथा चालु तर्फ ५ लाख विनियोजन गरिएको छ ।...