८ जेष्ठ २०८१, मंगलवार

नवलपरासी प्रहरीको एकशन: लागू औषध कारोबारी निशानामा

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ०१ सौवाटिकर बस्ने वर्ष ४४ को मनोज कुमार चमारले खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा लागू ओैषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिशेष सुचनाको आधारमा प्रदेश कार्यालय लागुऔषध नियन्त्रण एकाई, लागुऔषध ब्युरो शाखा कार्यालय भैरहवाबाट प्र.ब.ना.नि. गोबिन्द त्रिपाठीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.ना.नि. धर्म बहादुर कुवंरको कमाण्डमा ५ जनाको संयुक्त टोलीले असार २२ गते साझ ६ बजे चमारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

चमारले आफ्नै घरमा खाल्डो खनि लुकाई छिपाई राखेको अवस्थामा डाईजापाम १८६ पिस, फेनरागन १८८ पिस, नुफिन १८६ पिस, र कोरेक्स एस-कुफ़ १०, एमएल को १० पिस परिणामको लागुऔषध प्रहरीले फेला पारी रित पुर्वक उक्त लागुऔषध बरामद गरि चमारलाई पक्राउ गरिएका हुन ।

उनलाई जिल्ला अदालत नवलपरासीबाट आइतबार ५ को म्याद लिइ अन्य थप अनुसन्धान कार्य अगाडि बढाएको र उक्त लागुऔषध कारोबारमा संलग्न अन्य मानिसहरूको खोजतलाससमेत गरिरहेको पाण्डेयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाले निकै कडाइ गरेको छ । पहिलेको तुलनामा अहिले प्रहरीको कडाइ बढेको हो । दिनहुँ लागूऔषध लगायत अबैध सामानहरु बरामद हुने गरेको छ ।

बिनोद निगम – नवलपरासी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *