
१९ बैशाख । रौतहट
रौतहटको गौर नगरपालीको मेयर शम्भु साहले जनताको स्वास्थ्य रक्षा प्रती चासो व्यक्त गर्दै नगरमा अर्को एतिहासिक कामको शुभारम्भ गर्नु भएका छन् ।
मेयर साहले मधेस प्रदेश सरकार संग सहकार्य गर्दै आफ्नो विशेष पहलमा वडा न। १ स्थित गुदरी बजार छेउमा गौर जनस्वास्थ प्रयोगशालाू संचालनमा ल्याएका हुन् ।
मंगलबार प्रयोगशालाको उदघाट्न गर्दै मेयर साहले यसको माध्यम बाट लिपिडप्रोफाईल रगत ,पिसाब ,खकार ,चिनी९ मधुमेह० ब्लडप्रेसर ,थाईओराईड बारे परिक्षण गर्न सकिने र नगरबासीलाई स्वास्थ चेकजाँचको लागि अत्यन्तै सुहुलीयत हुने बताउनु भएका छन् ।
मेयर साहले भने ू( प्रयोगशालामा स्वास्थ परिक्षणको लागि अत्यन्तै कम शुल्क राखिएको र प्रयोगशाला बाट गरिब निमुखा देखि अति बिपन्न लगायत सम्पुर्ण बर्ग स्वास्थ चेकजाँच गराई लाभान्वित हुने आफ्नो बिश्वास रहेको बताउनु भयो।
नागरिकलाई घर दैलो मै स्वास्थय सुबिधा प्रदान गर्ने उदेश्यले आगामी दिनमा अन्य वडाहरुमा समेत प्रयोगशाला बिस्तार गर्दै जाने मेयर साहले प्रतिबद्धता समेत गर्नु भएका छन् ।
मेयर साहले हामी जनताको स्वास्थ रक्षा प्रती देखाएको हार्दिकता अतुलनीय रहेको स्थानीय सुरेन्द्र यादबले बताए ।
प्रयोगशाला उदघाट्न कार्यक्रममा उप (प्रमुख शैल देबिले आफ्नो रगत परिक्षण गराउदै ल्याब मेसिनको उदघाट्न गरेकी थिइन् ।
उदघाट्न कार्यक्रममा वडा न ।१ का अध्यक्ष लालबाबू प्रसाद जयसबाल ,२ का अध्यक्ष बिनोद जयसबाल ,६ का अध्यक्ष अवधबिहारी साह ,७ का अध्यक्ष हरिशंकर पान्डेय ,४ का अध्यक्ष संजय गिरी सहित गौर नगरपालिकाको योजना फाट प्रमुख जितेन्द्र भारती ,स्वास्थ शाखा प्रमुख दिलबन्धु प्रसाद यादब लगायत सयकडौ भद्रभलादमीको उपस्थिती रहेको थियो।