
बिनोद निगम / नवलपरासी /११ चैत ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं २, अमानीगन्ज मा अबस्थित सनराईज माध्यमिक विद्यालय द्धारा एसईईका परिक्षा दिने बिद्यार्थीहरुलाई एक कार्यक्रम बीच बिदाई गरिएको छ।
सनराईज माध्यमिक विद्यालयका प्रधानाध्यपक उपेन्द्र गुप्ताको अध्यक्षता तथा समाजसेवी एवं बाल शिक्षा निकेतन माध्यमिक विद्यालय पुर्व प्रधानाध्यपक पारस नाथ साहनी प्रमूख अतिथिकता तथा नेपाली कांग्रेसका नेता राजेन्द्र सहानीको विशिष्ट अतिथिकतामा सम्पन्न भएको छ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत १३ जना विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका छन ।
सो कार्यक्रम वोल्दै प्रमूख अतिथि साहनीले विधार्थीको मूल गहना अनुशासन भएकोले अनुशासनमा बासी र लगनसिलताले आफ्नो एसईईको परीक्षा उतीर्ण गर्न शुभकामना दिइएका छन्।
कार्यक्रममा समाजसेवी जीतेन्द्र गुप्ता,सपना खनाल, रन्जीत शर्मा ,माधवी कर्ण,विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरु उपस्थिती रहेको थियो।