६ बैशाख २०८१, बिहीबार

गौर नगरपालिकालाई देशकै कै उत्कृष्ट नगरपालिका बनाउछु : मेयर शम्भु साह

१२ मंसिर , रौतहट । गौर नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउने मेरो दृढता र चाहना रहेको र म नेपाल भरि गौर नगरपालिकालाई चिनाउने काम गरेर देखाउछु , गौर नगरपालिकाका मेयर शम्भु साहले बताएका छन । नेपाल नगरपालिका संघको केन्द्रिय कार्य समितिको सदस्य पदमा निर्वाचित हुदाँ गौर नगरपालिकाका कर्मचारी हरुद्वारा हार्दिक बधाई एवम अभिनन्दनको कार्यक्रमको आयोजनामा सो कुरा मेयर साहले बताएका छन ।सो कार्यक्रममा उप प्रमुख शैल कुमारी साहको साथै विभिन्न वार्डका वाडाध्यक्ष र वडा सदस्यहरु त्यस्तै प्रमुख प्रसासकीय अधिकृत सुवास ठाकुर योजना प्रमुख जितेन्द्र भारती कानुनी सल्लाहकार धिरेन्द्र लाल दास कृषि प्रमुख सरोज लाल दास लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारी भद्र भलादमी र समाजसेवीहरुको उपस्तिथि रहेको थियो।उक्त कार्यक्रममा नगरपालिका संघको चुनावमा आफू गौरको नगरप्रमुखको रुपले परिचय दिदा सबैले बिकास पुरुषको रुपमा हेरिदिदा आफूलाई महसुस भएको मेयर साह बताउछन । केही दिन अगाडि संघीय सरकार गठन भएको र त्यो नवगठित सरकारले पनि आफुलाई सहयोग गर्ने भएकोले कसैको डर धाक धम्की र त्रासमा नपर्न आफुसंग संवधित सबै पक्षलाई मेयर शम्भु साहले आग्रह समेत गरेका छन।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *