१८ चैत्र २०७९, शनिबार

गौर स्थित होटल कृष्णाइनको कोठामा एक भारतीय पुरूष मृत अवस्थामा फेला

178

६ मंसिर, रौतहट । गौर स्थित होटलको कोठामा एक भारतीय पुरूष मृत अवस्थामा फेला परेको छ ।

रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं ५ स्थित नयाँ बसपार्क नजिक रहेको होटेल कृष्ण इनको कोठा भित्र एक पुरुष मृत अवस्थामा फेला परेको हो ।

सो होटेलको कोठा नं २०९ मा सुतिरहेको अवस्था भारतका सितामढी जिल्ला बैरगनिया घर भएका कपडा व्यवसायि रामदेव गाडीयाका छोरा अन्दाजी ३५ बर्षीय प्रवीण गाडियाको शव सुतिरहेको अवस्था कोठा भित्रै फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

मृतक गाडियाको घटना बारे जिल्ला प्रहरी कार्यालय गौर रौतहटको टोली पुगि छानबिन र प्रारम्भिक अनुसन्धान पश्चात् बढी मात्रामा नाशा प्रयोग गरेको कारणले मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0