१३ बैशाख २०८१, बिहीबार

विपक्षीले विभिन्न बहानामा मलाई बदनाम गर्न खोज्दै : मेयर बैजनाथ यादव

४ मंसिर , रौतहट । प्रदेश अनलाइन न्युज डेस्क ।
रौतहटको माधवनारायण नगरपालिका का नगर प्रमुख बैजनाथ प्रसाद यादव निर्वाचित भए पश्चात नै नगरलाई समृद्ध र विकसित नगर बनाउन प्रयास सुरु गरिसकेका थिए । माधवरानायण नगरपालिकाका नगरबासीले मतबाट देखाएका विश्वासको कदर गर्दै रौतहटको एउटा नमुना नगरपालिकाका बनाउने मेयर यादवले निधो गरेका थिए । मेयर यादवको विकासको गति हेरेर विपक्षीको आँखामा कडा ब्युझन थालेको र तर्कहिन विरोध गर्न सुरु गरेको मेयर यादव स्वयम आफै बताउछन । आफू निर्वाचित हुनु अघि देखि नै माधवनारायण नगरपालिकाका जनताको सम्पूर्ण समस्या बुझ्दै आएको र हद सम्म समस्याको समाधान समेत गरेको वहाँको भनाइ रहेको छ । मेयर यादवले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखका छन । नगरप्रमुख बैजनाथ यादवको बिशेष योजना स्वरुप शिक्षा अन्तरगत नगरपालिका भित्रका विभिन्न विद्यालयमा आवश्यक र थप भवन निर्माणको प्रक्रिया अघि बढाएका छन । साथै अन्य पुर्वाधारहरु र स्वास्थ अन्तरगत अति पिछडिएका क्षेत्र माधोपुर,लौकाहा,फुलवरिया,गढो,मानपुर,मिठुआवा र पिपरा रजवाडा लगायत का वाडाहरुको आम जनताहरु लाई निकै अप्ठ्यारो र दुख का साथ गरुडा,चपुर,गौर र बिरगंज उपचार अथवा चेक जाच गराउन जान लाई असहज भइ रहेको हुनाले उक्त कुरा लाई प्राथमिकता मा राखिदै पिपरा रजवाडा मा मेयर यादव निर्वाचित हुनेबित्तिकै अस्पतालको शिलान्यास गरि निर्माण सम्पन्न हुने अवस्था मा रहेको छ।साथै सखुआवा भेल्ही मा झुलुङ्गे पुलको सिलान्यास गरि काम भइ रहेको छ , र माधोपुर मा अस्पतालको स्तर उन्नति गरिदै बर्थिङ्ग सेन्टर को साथै ल्याब चेक जाँच,डिजिटल भिडियो एक्सरे स्वास्थ बिभाग र मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला मा पहल गरि करिब ५० लाख रकम बराबर लैब का सम्पूर्ण उपकरणहरु ल्याउन सफल भएका छन । मेयर यादवको विकासको गतिले विपक्षीको निन्द्रा हराएको तर नगरवासी हर्षो उल्लास का साथ खुशी भएका स्थानीयले बताएका छन । विभिन्न बहानामा केहि विपक्षीहरुले मेरो चरित्र हत्या गर्न खोजेको तर जनताको आशा र विश्वासलाई म कुनै हालतमा टुटन दिन्दिन मेयर यादवले बताएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *