१६ चैत्र २०८०, शुक्रबार

मेयर साहको चेतावनी पछि नाला सफाई तथा स्लैब राख्न डिईको निदेशन

३ मंसिर, रौतहट । सावन यादव । प्रदेश अनलाइनन्युज डेस्क
रौतहटको सदरमुकाम तथा जिल्लाकै पुरानो नगरपालिका गौर नगरपालिकामा शहरी विकास डिभिजन कार्यालय द्वारा निर्माण गरिएको नालाहरुको अवस्था अस्तव्यस्त भए पनि शहरी विकास डिभिजन कार्यालयले कुनै मतलव राखेको थिएन । नालाहरु फोहोर र विना स्लैबका कारण गौर नगर नै फोहोर, दुर्गन्धित र दुर्घटनाको अवस्थामा थियो । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह पटक पटक यो विषय प्रति तागेदा गर्दा समेत वास्ता नगरे पछि गौर नगरपालिकामा नालाको स्लैबलाई लिएर कुनै पनि किसिमको दुर्घटना हुदा दुर्घटनाको जवावदेहिता सम्बंधित कार्यालयको हुने भन्दै चेतावनी समेत दिएका थिए । स्लैब विहीन नालाहरु फोहोरले भरिएर जोखिम पूर्ण अवस्थामा रहेको औल्याउदै कुनै अप्रिय घटना घटे शहरी कार्यालय र ठेकेदारको लापरवाही ठहर गर्दै जिम्मेवारी लिनु पर्ने चेतावनी नगरप्रमुख साहले दिनुभएको थियो । फलस्वरूप डिईसंगको बैठक पछि नाला सफाईसँगै स्लैब राखेर नाला संचालन गर्न निर्देशन जारी गरिएको छ । बैठकमा अधुरो कामहरु सुचारु गर्न समेत टोलीलाई ध्यानाकर्षण मेयर साहले गराएका थिए ।
नाला सफाईसंगै स्लैब राखी संचालनमा ल्याउन डिईको निर्देशन आएको मेयर साहले जानकारी गराएका छन ।
शहरी विकास डिभिजन कार्यालयका डिईले गौर नगरभरी निर्माण गरिएको नालाहरुमा स्लैब राखी यथासिघ्र संचालनमा ल्याउन समेत निर्देशन दिनु भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *