७ बैशाख २०८१, शुक्रबार

धनुषा ४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता

२८ मंसिर, धनुषा । धनुषा ४ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र १ सय २४ मतले पराजित भएका थिए । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *