११ बैशाख २०८१, मंगलवार

गौरमा एकै दिन दुईवटा सामुदायिक भवन र एउटा प्रवेशद्वारको मेयर साहले गरे शिलान्यास

२८ मंसिर बुधवार, रौतहट । सावन यादव
रौतहटको गौर नगरपालिकामा आज एकै दिन दुइवटा सामुदायिक भवन र एउटा प्रवेशद्वारको शिलान्यास नगरप्रमुख शम्भु साहले गरेका छन । पहिलो शिलान्यास गौर नगरपालिका वडा नं. ४ टिकुलिया स्थित राम जानकी मन्दिरको परिसरमा राम जानकी सामुदायिक भवनको भएको छ । उक्त सामुदायिक भवनको प्रारम्भिक लागत २५ लाख छुटयाइएको र यो प्रदेश सरकारको बजेट रहेको नगरप्रमुख साहले जानकारी गराएका छन । त्यसतै गौर वडा नं. ८ पुरेनवामा अर्को सामुदायिक भवनको शिलान्यास नगरप्रमुख शम्भु साहले गरेका छन । पुरेनवामा निर्माण हुन लागेको सामुदायिक भवन नगरस्तरीय रहेको र यसको प्रारम्भिक लागत पनि २५ लाख नै रहेको जानकारी प्राप्त भएको छ । ऐतिहासिक स्थल पुरेनवा दरवारलाई विशेष आकर्षक प्रदान गर्ने उद्देश्यले हाइवे स्थित श्यामाश्री दाल उद्योगको पूर्व पुरेनवा दरवार जाने मुख्य सडकमा प्रवेश द्वारको रुपमा तेस्रो शिलान्यास भएको छ । नगरस्तरीय योजना अन्तर्गत प्रवेश द्वारको निर्माण हुने मेयर साहले बताएका छन । प्रवेश द्वारको प्रारम्भिक लागत २० लाख रहेको छ । आज शिलान्यास भएको दुइवटा सामुदायिक भवन र एउटा प्रवेश द्वारको अनुमानित लागत ७० लाख रहेको नगरप्रमुख शम्भु साहले जानकारी गराएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *