
२७ मंसिर, मंगलवार । थारु र मुस्लिम समुदायलाई मधेशी आयोगले मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ।
आयोगका अध्यक्ष डा। विजयकुमार दत्तले आयोगले मंसिर २० गते बैठकबाट नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको बताए।
उनीहरुको पहिचान मधेशी समुदायसँग नमिल्ने भएकाले मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए।
अध्यक्ष दत्तका अनुसार उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको बताएका छन्।