
२७ मंसिर मंगलवार, रौतहट । जनता समाजवादी पार्टी जसपा नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने प्रदेश सांसदको टुङ्गो लगाएको छ । जसपाको कार्यकारिणी समितिको सोमबार बसेको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको हो ।
जसपाले मधेस प्रदेशसभाका लागि सिफारिस गरेका सदस्यहरूमा मनिषकुमार सुमन ९मधेसी पुरुष अल्पसङ्ख्यक०, विन्दुकुमारी यादव ९मधेसी महिला०,शोभादेवी ९मधेसी महिला, अल्पसङ्ख्यक०, ललिता दास ९दलित महिला०, शाहिदा खातुन ९मुस्लिम महिला०, किर साह ९मधेसी महिला० र ममता मण्डल ९आदिवासी जनजाति महिला० रहेका छन् ।
जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सात सिट जितेको छ । १६ सिटसहित जसपा प्रदेशसभाको तेश्रो ठूलो दल बनेको छ ।