
१८ मंसिर , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
वर्षौ देखि बन्द रहेको गौर-बैरगनिया नाका हुदै टेम्पूको आवागमन शुरु भएको छ । गौर नगरपालिकाको मेयर शम्भु साहको प्रयासले जिल्ला प्रशासन कार्यालय रौतहट र भारतीय बीच सहमति अनुसार भारतीय टेम्पू गौरको ब्यारेक फिल्डसम्म र नेपाली टेम्पू बैरगनियाको रेलवे स्टेशनसम्म जाने सहमति अनुरुप आज देखि सीमा नाका हुदै टेम्पू सुचारु भएको हो ।
टेम्पु संचालन भए पछि गौर बासी लगायत स्थानीयहरु खुसी व्यक्त गर्दै आवतजावतमा सहजता भएको प्रतिक्रिया दिएका छ्न ।