७ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनमा आउन सीके राउतलाई विमलेन्द्रको प्रस्ताव

१४ मंसिर , काठमाण्डौ । नेपाली कांग्रेसका नेता विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटघाट भएको छ।

हालै सम्पन्न निर्वाचनमा सप्तरी २ बाट विजयी भएका अध्यक्ष राउत कांग्रेस नेता निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका थिए । भेटमा निधिले राउतलाई प्रतिनिधिसभामा निर्वाचित भएकामा बधाई दिँदै कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ । निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका निधिको सचिवालयको भनाइ छ ।

बुधबार दिउँसो करिब एक घण्टा भएको लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका बिषयमा कुराकानी भएको थियो । भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका बिषयमा पनि कुराकानी भएको निधिको सचिवालयले जनाएको छ ।
प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ हालसम्म गणना भएको मतमा थ्रेसहोल्ड पार गर्न आवश्यक तीन प्रतिशत मत पाएको छ ।
साभार टुडेपाटी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *