१४ चैत्र २०७९, मंगलवार

३ दिन भित्रमा तलब खुवाउने व्यवस्था नगरेमा पेन डाउन गर्ने यमुनामाइ गापाका शिक्षक कर्मचारीहरुको निर्णय

447

१३ मंसिर , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
रौतहटको यमुनामाई गाउँपालिकाका शिक्षक कर्मचारीहरु भोलि देखि ३ दिन भित्रमा तलब खुवाउने व्यवस्था नगरेमा आइतवार देखि पालिका भित्रका सबै विद्यालयहरु पठनपाठन बन्द गर्ने निर्णय गरेका छन । आज श्री यमुनामाई माध्यमिक विद्यालय झुन्खुन्वामा कार्यरत मा.वि शिक्षक रामएकवालको अध्यक्षतामा माध्यमिक विद्यालय राजपुर तुलसीमा सम्पन्न भएको शिक्षकहरुको बैठकमा उक्त निर्णय भएको हो । बैठकमा यमुनामाई गाउँपालिकाका सबै विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब भत्ता यस आर्थिक वर्षको साउन महिना देखि हाल सम्म नपाएको र विभिन्न चाडपर्वको बेला तलब खुवाउनका लागि जानकारी गराउँदा पनि पालिका अध्यक्षले कुनै वास्ता नगरेको र अहिले सम्म पाँच महिनाको तलब र दर्शै खर्च समेत नपाएको हुँदा शिक्षकहरुको आर्थिक अवस्था एकदमै कमजोर भएकोले अबको ३ दिन भित्र मंसिर १६ गते शुक्रवार सम्म तलब खुवाउने व्यवस्था नगरेमा आउने मंसिर १८ गते आइतवार देखि यमुनामाई गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले अध्ययन अध्यापन कार्य नगर्ने नगराउने निर्णय गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
0