७ बैशाख २०८१, शुक्रबार

सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न

१२ मंसिर , सोमबार । जनकपुर । सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत आज जनकपुरधाममा स्वयंवर कार्यक्रम सम्पन्न भएको छ।

सोमबार रंगभूमि मैदान ९बाह्रविघा०मा स्वयंवर कार्यक्रम सम्पन्न भएको हो। विवाह उत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन्। स्वयंवर कार्यक्रममा सहभागी हुनका लागि हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ।

आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रम भएको छ। सीता–राम विवाह कार्यक्रम आज राति सम्पन्न हुनेछ। विवाहपञ्चमीको भीडमा हुनसक्ने सम्भावित घटनालाई रोक्नका लागि जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ। भीडभाडमा हुनसक्ने अपराधिक घटनालाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ।

मंगलबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *