१६ चैत्र २०८०, शुक्रबार

गौर बाढीको समस्या समाधानका लागि पहिलो पाइला अगाडि बढाए मेयर साह

१२ मंसिर , रौतहट । प्रदेशअनलाइन न्युज डेस्क
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह आफ्नो चुनावी प्रतिवद्धता अनुरुपका कामहरुलाइ निरन्तर दिएका छन । मेयर साहको चुनावी प्रतिवद्धताहरु मध्ये एउटा प्रविद्धता गौरलाई बाढीमुक्त गर्ने पनि थियो । गौर नगरपालिकाका वार्डहरु मध्ये सबैभन्दा तल्लो भागमा वडा नं. ५ स्थित कोइरिया टोल र टावर एरियालाई लिइन्छ । तसर्थ गौर नगरपालिका वर्डा नं. ५ मा सडकमा जम्ने पानीको निकास र व्यवस्थीत सडकको लागि नगर प्रमुख शम्भु साहले सिलान्यास गर्नु भएको छ ।
करिव ४० लाखको लागतमा नगर स्तरीय योजना अन्तर्गत नाला सहितको सडक निर्माण कार्य अगाडी बढाउन नगर प्रमख साहले आज वार्ड नं. ५को कोइरी टोलमा नाला सहितको सडकको सिलान्यास गरेका छन् ।
नाला र सडक बनेपछि टोलको सयौं घरको पानीको निकास पाउने मेयर साहले बताएका छन ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *