७ बैशाख २०८१, शुक्रबार

प्रचारप्रसारका लागि टाँगिएका ब्यानर लगायतका सामग्री तत्काल हटाउन निर्वाचन आयेगको निर्देशन

०१ कार्तिक । प्रदेश अनलाइन न्युज डेस्क
निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधिकारीमार्फत् यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले उम्मेदवारले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएकाले रोक्न भनिएको बताए । सम्बन्धित उम्मेदवारलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई उनले आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नको प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *