१४ चैत्र २०७९, मंगलवार

किसानका लागि मसिहा बन्दै मेयर बैजु यादव, प्रत्येक वडामा कृषिमा सिचाइ

298

०१ कार्तिक । रौतहट । माधवनारायण नगरपालिकाले आफना नगर क्षेत्रका किसानहरुको कृषीमा सिचाईका लागि प्रत्येक वार्डमा विधुत लाईन विस्तार संगै ट्रान्सफर्मर जडान गर्ने भएका छन् ।
नगर क्षेत्रका प्रत्येक किसानको खेतमा सिचाई पु¥याउने गरि विद्युतीय लाईन विस्तार संगै ट्रान्सफर्मर जडान सहितको योजना अगाडी बढाएको नगर प्रमुख बैजनाथ यादव बैजुले बताउनु भएको छ ।
अकासे पानीको भारमा खेती गर्ने बाध्य रहेका किसानहरुले सिचाईको लागि भोग्दै आएको अनेकौ समस्याबाट छुटकारा दिलाउन नगरका किसानहरुलाई व्यवस्थित कृषीमा प्रोत्साहन गराउने उदेश्यले आफु विद्युतीय सिचाईको योजना अघी सारेको मेयर यादवले बताए ।
नेपाल विद्युत प्राधिकरणको सहकार्य र माधवनारायण नगरपालिकाको सहयोगमा नगरको प्रत्येक वार्डको छुटाछुटै ट्रान्सफर्मर र मिटर जडान गरि किसानहरुलाई निशुल्क सिचाईको लागि मोटर संचालन गर्ने र उक्त कार्यको लागि खपत हुने सम्पुर्ण विद्युत महशुल नगरपालिकाले तिर्ने योजना प्रमुख कृष्णन्दन यादवले जानकारी गराए ।
८० प्रतिशत कृषीमा निभर रहेको माधवनाराण नगरपालिकाका किसानहरुको लागि पालिका र नगर प्रमुखले गरिएको यो कार्यले पक्कै नगरक्षेत्रमा समृद्ध भित्रियाउन सक्ने संकेत भएको बुझिन्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0