५ जेष्ठ २०८१, शनिबार

जनकपुरको राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई सामूहिक कुटपिट

१७ असोज । जनकपुर । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ ।

राजा जनककी कुल देवी भनिएको राजदेवी मन्दिरमा आयोजक समितिले समेत टिकटोक बनाउन निषेध गरिएको बेला टिकटक बनाउन गएपछि धीरुभाई नामक युवकलाई रामधुलाई गरिएको हो

टिकटोकमा धीरुभाई नाम राखेर चलाउने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने ती युवकलाई टिकटोकमा निगरानी राख्ने युवकहरुले उनलाई कुटपिट गरेको हो ।

हिन्दुहरुको आस्थाको केन्द्र रहेको राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीडमा धीरुभाईले नियम निष्ठालाई मिचेर टिकटोक भिडियो बनाउन खोजेपछि सामुहिक रुपमा कुटपिट गरिएको हो ।

अश्लिल प्रकारको भिडियोहरु बनाएर टिकटक कम्यूनिटीमा चर्चामा आएका धीरुभाईलाई टिकटक बन्द अभियानकर्ताहरुले कुटपिट गरेको हुनुपर्ने बुझिएको छ ।

आयोजक समिति रहेको महावीर युवा कमिटिका स्वयँसेवकले उनलाई कुटपिट गरेको हुन सक्ने भनिएपनि कसले कुटपिट गरेको भन्ने बारे यकिन हुन सकेको छैनन् ।

भिडियोमा देखिए अनुसार उनलाई सामुहिक कुटपिटपछि राजदेवी मन्दिरबाट धक्का दिएर निकालिरहेको छ । दुई स्वयँसेवक जस्तो देखिने युवकले उनको माला समेत चुँडेर उठाएर बाहिर फाल्दै गरेको देखिएको छ ।

जानकारी अनुसार, यो घटना गएरातीको हो । मन्दिरभित्रै टिकटोक बनाउन खोजेपछि उनलाई धुलाई गरिएको जनाइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *